logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोनाका कारण एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी, ३,१६४ संक्रमित थपिए


अंकुरण खबर
858
Shares

नेपालमा एकै दिन तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो एकैदिन मृत्यु हुने हालसम्मकै धेरै संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३ सय ८२ जना आइसोलेसनमा छन् ।

कुल संक्रमितमध्ये १ हजार ४ सय ९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

आइतबार ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल ६९ जना क्वारेन्टाइनमा छन् । यस्तै हालसम्म नेपालमा रहेका संक्रमितमध्ये २ सय ५२ जना आईसीयूमा उपचाररत छन् भने ६५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।