logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक, निषेधाज्ञा लागु गर्न प्रस्ताव


अंकुरण खबर
741
Shares

उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारीबारे छलफल गरिएको छ ।

सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले उपत्यकामा लकडाउन गर्न सरकारसँग प्रस्ताव गरेको जनाइएको छ ।

तीन जिल्लाका सिडिओहरुले एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइने विषयमा पनि छलफल गरेका छन् । यसैगरी बैठकले सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ ।

जारी रहेको बैठकले केही बेरमै सार्वजनिक सूचना जारी गर्दैछ ।