logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, के खुल्ने के बन्द गर्ने ?


अंकुरण खबर
2.171K
Shares

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको छ ।

खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी प्रजिअहरुको रहेको बताइएको छ ।

पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने बताइएको छ ।

आइतबार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितिको सक्रिय संख्यालाई हेरेर शहरहरूमा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो ।

वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्।

बन्द हुने :

सार्वजनिक, निजी सवारीसाधन ।

अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाइने ।

खुल्ने :

एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसका सवारी साधान।

स्वास्थ्यको मापदण्ड पालना गर्दै सिमित जनशक्ति राखेर सरकारी कार्यालय,बैंक तथा वित्तीय संस्था।

खाद्यसंग सम्बन्धित होम डेलीभरी गर्ने साधन ।