logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबल


अंकुरण खबर
3.965K
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

आजदेखि शुरु भएको प्रदेशसभाको सातौं बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा अविश्वासको प्रस्ताव टेबल गरेका हुन् ।

नेता पोखरेलले तीनवटा दलका तर्फबाट मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभाको विश्वास छैन भन्ने प्रस्ताव प्रस्तुत गरे ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति मुख्यमन्त्री गुरुङले समर्थन गरेको, अल्पमतमा पर्दा पनि राजिनामा नदिएको र प्रदेशमा तीन वर्षमा उल्लेख्य कुनै काम गर्न नसकेको लगायत कारणले गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु परेको पोखरेलले उल्लेख गरे ।

अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल सुरु भएको छ ।