logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

गण्डकीमा ट्रायल र लाइसेन्स वितरण बन्द


अंकुरण खबर
962
Shares

यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेश सवारी अनुमतिपत्र शाखाले लाइसेन्स, ट्रायल लगायतका सेवाहरु बन्द गरेको छ।

गण्डकीमा पनि कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयको आदेश भन्दै यी सेवा बन्द गरेको हो।

निमित्त कार्यालय प्रमुख भरतराज काफ्लेले कार्यालयका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिए । सो कार्यालयबाट ट्रायल र लाइसेन्ससँगै फारम दर्ता, लिखित परीक्षा, लाइसेन्स नवीकरण लगायतका सेवा प्रदान हुँदै आइरहेको थियो।

जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार साँझ सूचना जारी गर्दै बुधवारदेखि निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो।