logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रूपन्देहीमा वैशाख १६ देखि निषेध आदेश जारी


अंकुरण खबर
1.56K
Shares

कोरोनाको दोस्रो लहरले महामारीका रूप लिन थालेपछि रुपन्देहीमा १६ गतेदेखि निषेध आदेश लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेध आदेश जारी गर्ने निर्णय गरेको हो।

१६ गतेदेखि वैशाख २९ गतेसम्म निषेध आदेश लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालका सूचना अधिकारी जनक थापाले बताए।  उनका अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निषेध आदेश जारी गर्न लागिएको हो।

निषेध आदेश जारी गरिएका बेला औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बन्देज लगाइनेछ। शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा अत्यावश्यक वस्तुलाई चल्न दिइने प्रशासनले जनाएको छ।