नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६७२ पिसिआर र १००९ जनाको एन्टीजेन परीक्षण गर्दा चार हजार ५२४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।
मंगलबार देशभर ५५५ जनाले कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १६०२ जना, ललितपुरका २४० जना र भक्तपुरका १२४ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।