logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वराजा-रानीको उपचार अक्सिजनको सपोर्टमा हुँदै


अंकुरण खबर
741
Shares

कोरोना संक्रमित भई हाल थापाथली स्थित नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ।

पूर्व राजा शाह र रानी कोमल शाहलाई अक्सिजन दिएर उपचार शुरु गरिएको छ। उनीहरु शनिबार दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ।