logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैशाखभर सर्वोच्चमा ‘अत्यन्त जरुरी’ बाहेकका रिट दर्ता र सुनुवाइ नहुने (विज्ञप्तिसहित)


अंकुरण खबर
884
Shares

सर्वोच्च अदातलमा २०७८ वैशाखभर ‘अत्यन्त जरुरी’ बाहेकका रिट दर्ता र सुनुवाइ नहुने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सररकाले काठमाडौं उपत्यकामा निषेध आदेश जारी गरेपछि सर्वोच्चले ‘अत्यन्त जरुरी’ बाहेकका रिट दर्ता र सुनुवाइ स्थगित गर्ने निर्णय गरेको हो।

‘२०७८ वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ गर्ने, सो बाहेकका अन्य कामकारबाही र सेवा स्थगन गर्ने,’ सर्वोच्चले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सेवा प्रवाह स्थगन भएको अवधिका मुद्दा, रिट तथा निवेदनमा हदम्याद र तारेख नगुज्रने समेत सर्वोच्चले प्रष्ट पारेको छ। ‍

No description available.