logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-खनाल समूहका स्थायी कमिटी सदस्य छलफलमा


अंकुरण खबर
2.002K
Shares

नेकपा एमालेको माधव–झलनाथ समूहका स्थायी कमिटी नेताहरू छलफलमा जुटेका छन्।

कलंकीको मेघा पार्टी प्यालेसमा स्थायी कमिटी सदस्यहरूबीच अनौपचारिक छलफल भइरहेको छ।

भोलिदेखि काठमाडौं उपत्यकामा निषेध आदेश लागू हुने र देशका विभिन्न भागमा समेत निषेध आदेश लागू हुँदै गरेको सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए।

उनका अनुसार सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा कसरी अगाडि बढ्ने र के गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ।

यसअघि ओली पक्षले नेपाल–खनाल समूहका ३२ जनालाई स्पष्टीकरण सोधेको थियो। त्यसमध्ये पाँच जनाले स्पष्टीकरण बुझाएका छैनन्।

वैशाख १२ गते बसेको ओली पक्षको महाधिवेशन आयोजक कमिटी बैठकले उनीहरुलाई कारबाही गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको थियो।