गण्डकी प्रदेशसभामा एक सांसद् हराएको भन्दै प्रदेशसभाको बैठक स्थगित भएको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएकाले बैठक रोकी खोजी गर्न माग गर्दै सांसद पियारी थापा निवेदन दिए पश्चात बैठक स्थगित भएको छ ।
आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्धको अविश्वासको प्रस्तावकोबारे छलफल भइरहेको समयमा सांसद हराएको निवेदन परेको थियो । उत्त निवेदनलाई आधार मान्दै सभामुख नेत्रराज अधिकारीले सूचना टाँस गरि बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
