गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो।
अविश्वासको प्रस्तावमा जनमोर्चाले पनि समर्थन जनाएको थियो । तर जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि बैठक स्थगित गरियो ।
उनको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले सांसद शाही अनुपस्थित भएकाले बैठक रोकी खोजी गर्न माग गर्दै भामुखलाई पत्र लेखिन्। त्यस पश्चात विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
तर अज्ञात भएको भनिएका ती सांसद चरक मेमोरियल हस्पिटलमा भेटिएका छन्।
सांसद शाहीका स्वकीय सचिव मिलन हमालले दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएका छन्। शाहीको पीसीआर परीक्षण गरिएको र रिपोर्ट भने नेगेटिभ आएको उनले जानकारी दिए।