logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

डा.बाबुराम भट्टराई बीर अस्पताल भर्ना हुँदै , भोली शल्यक्रिया हुने


अंकुरण खबर
4.589K
Shares

जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ।

शल्यक्रियाका लागि डा. भट्टराई आज काठमाडौंस्थित वीर अस्पतालमा भर्ना हुने भएका छन् । भट्टराईको भोली शल्यक्रिया हुने उनको सचिवालयले जनाएको छ।

यसअघि उनले भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए । वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको तर ट्युमर चाडै निकाल्नु पर्ने सुझाव दिए अनुसार शल्यक्रिया गर्न लागेका हुन्।