काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप वितरण गर्न स्थगित भएको छ ।
दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि वितरण शुरु गरिएको भेरोसेल खोप उपत्यकामा आजदेखि स्थगित गरिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी खोप वितरण स्थगित गरेको जानकारी दिएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।