logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

गण्डकी प्रदेशका सांसद शाहीलाई सरकारले बन्दी बनाएको जनमोर्चाको आरोप


अंकुरण खबर
1.443K
Shares

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकारले बन्दी बनाएको आरोप लगाएको छ ।

गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले स्थिति सार्वजनिक गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले पार्टीका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उनलाई भेट गर्न नदिइएको, एक प्रकारको बन्दीका रुपमा राखिएको भन्दै त्यसको कारण सार्वजनिक गर्न माग गरेको हो ।

बुधबार गण्डकी प्रदेशको संसदमा शाही रहस्यपूर्ण तरिकाले अनुपस्थित भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्थाबारे जानकारी गराउन माग गरेकी थिइन् । त्यसका आधारमा गण्डकी प्रदेशका सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।