logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बागलुङ गल्कोट नगरपालिकाका मेयरलाई कोरोना


अंकुरण खबर
923
Shares

बागलुङको गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेलाई कोरोना पुष्टि भएको छ ।

गैरेमा फरक किसीमको खोकी तथा कोरोनासंग मिल्दो जुल्दो सामान्य लक्षणहरु देखिएको कारण सोमबार स्वाव दिएका थिए ।

बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको धौलागिरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बि.क पोखरेलले बताएका छन् ।

उनलाई धौलागिरी अस्पताल बागलुङमा ल्याउने तयारी भई रहेको उनले बताए । नगर प्रमुख गैरेका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र पछि केही जटिल समस्या देखिन सक्ने भन्दै उपचारको लागि धौलागिरी अस्पतालमा आउन लागेको बताए ।

गैरेले आफूलाई कोरोना पोजेटिभ भएको जानाकारी दिए पनि आधिकारिक रुपमा स्वास्थ्य निर्देशनालयले भने गैरेको रिपोर्ट सार्वजनिक गरेको छैन ।