logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा आजदेखि ९ दिन लकडाउन


अंकुरण खबर
780
Shares

आज बिहान ६ बजेदेखि दाङमा लकडाउन सुरु भएको छ । कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि आज ९ दिन लकडाउनको घोषणा गरिएको हो ।

वैशाख २५ गतेपछि भने अवस्था हेरेर थप निर्णय लिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । मंगलवार घोराहीमा भएको सर्वदलीय बैठकले १७ गतेदेखि आउँदो २५ गते बेलुका ६ बजेसम्म जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनको समयमा खाद्यान्नका पसल भने दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने छन् भने अत्यावश्यक गाडीबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ ।

कोरोना थोकथाम तथा नियन्त्रणका लागि दाङका १० वटै पालिकाले आइसोलेशन सेन्टर बनाउने काम सुरु गरेका छन ।

कोरोना महामारीकाबीच खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासिक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ ।