शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँले गिरावट आएको छ ।
आज छापावाला सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार भार सय ५० रुपैयाँमा कायम भएको छ ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले गिरावट आउँदै एक हजार दुई सय ९५ रुपैयाँमा कायम भएको छ ।