logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तत्काल प्रतिबन्धहरु खुकुलो नपार्न यूरोपका देशलाई डब्ल्यूएचओको चेतावनी


अंकुरण खबर
819
Shares

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यूरोपमा प्रतिबन्धहरु खुकुलो पारेमा भारतमा जस्तै कोरोना सङ्क्रमण फैलन सक्ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लुगले कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा यूरोपमा पनि भारतजस्तै कोरोना फैलन सक्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिएको र खोपको दर निकै कम रहेकाले यो बेला प्रतिबन्धहरु खुकुलो पारेमा कोरोनाको आँधी आउने क्लुगले बताए ।

भारतमा कोरोना सङ्क्रमण फैलिनुमा विभिन्न कारणले गरिएका भीडहरु रहेको भन्दै डब्ल्यूएचओले यूरोपमा पनि उस्तै गल्ति दोहोरिन थालेको बताएको छ ।

झण्डै १६ प्रतिशत मानिसलाई कम्तीमा पहिलो डोज खोप दिइसकेपछि यूरोपका देशहरुले चरणबद्ध रुपमा प्रतिबन्धहरु खुकुलो पार्न थालेका छन् ।