logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै


अंकुरण खबर
962
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्दैछन् ।

कोरोना महामारीबारे सरकारको ध्यानाकर्षण गर्न देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा ३ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ ।

सम्मेलनमा सरकारको भूमिका, निषेधाज्ञाले जनजीवनमा पारिरहेको प्रभावबारे धारणा राख्‍ने पनि बताइएको छ।

मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।