logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कोरोनासँग लड्न आम नागरिक जवाफदेही बनौं : उपप्रधानमन्त्री पोखरेल


अंकुरण खबर
858
Shares

नेपाल सरकारका उपप्रधानमन्त्री तथा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले कोरोनासँग लड्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

उनले सबैले हातेमालो गर्दै अगाडि बढ्न र जवाफदेही बन्न अपील गरेका हुन् । शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा व्यवस्थापनको काम सहज हुने बताए । अहिले लागु भएको निषेधाज्ञा कोरोना संक्रमणको फैलदो अवस्थाको चेन ब्रेक गर्न भएको बताए ।

स्थानीय प्रशासनले आफ्नो आवश्यकता हेरेर कस्तो व्यवस्थापनको विधि अपनाउने हो त्यो गर्न अधिकार दिएको पनि उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

सरकारले लागु गरेको निषेधाज्ञा कुनै राजनीतिक अभिप्रायले नगरिएको पनि स्पष्ट पारे । कुराकानीका क्रममा उपप्रधानमन्त्री पोखरेलले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकाले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह समेत गरे ।

उनले भने, ‘अहिले जनता आफैपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेको छ । सरकारले परिस्थितिको गम्भिरतालाई बुझेर अभिभावकीय भूमिका निर्वाह गरेको हुँदा आम नागरिकले आफ्नो जीवनसँग गाँसिएको विषयमा जवाफदेही बनौं ।’