श्रीमतीको हत्या गरेको आरोपमा नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिकाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतापपुर–४ स्थित ठुलो खैरटवा घर भएका ३५ वर्षीय उमेश हरिजन छन् । घरायसी विवादमा उमेशले ३० वर्षीया पत्नी सलन्ती हरिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता राजु लामाले जानकारी दिए ।
पतिले कुटेर गम्भीर घाइते भएकी सलन्तीको उपचारको क्रममा शहीद स्मृति सामुदायिक अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।