logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु


अंकुरण खबर
1.755K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन परीक्षण भएकोमा ५ हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ५ हजार ६५७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। हालसम्म ३ हजार २७९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।