पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९५६ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४०४ जना, भक्तपुरमा १३३ जना र ललितपुरमा ४१९ गरी २९५६ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३९१ जनाको पीसीआर र ५२५ जनाको एन्टिजेन परीक्षण भएकोमा ५ हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो।
जसमध्ये ५ हजार ६५७ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ७० जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।