logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन ४ लाख २ हजार बढीमा संक्रमण, ३५ सय २२ जनाको मृत्यु


अंकुरण खबर
1.183K
Shares

भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एकैदिन ४ लाख २ हजार १ सय १० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९१ लाख ५७ हजार ९४ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ३५ सय २२ जनाको मृत्यु भएको छ ।

यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८ सय ३५ पुगेको छ । यसरी भारतमा एक करोड ५६ लाख ७३ हजार ३ जनाले कोरोनालाई जितेका छन् ।