logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले भने- आउँदो आर्थिक वर्षदेखि मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्याउँछौँ


अंकुरण खबर
1.703K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन् ।

मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर  आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्याइने प्रतिबद्धता पनि जनाए ।

प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ बनाइने बताए  ।

उनले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।