नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।