logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ


अंकुरण खबर
1.378K
Shares

धनकुटामा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

बैशाख १८ गते मदन चौकबाट पक्राउ परेका धनकुटाको चौविसे गाउँपालिका–७ का भिमराज लिम्बु बयानका आधारमा धनकुटा नगरपालिका–६ का रुपेश मरिक र धनकुटा–७ सिरवानीका हरिकृष्ण श्रेष्ठ लाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट र घरमा लुकाइ छिपाई राखेको एभिल, लुप्रिजेसिक र डाइजेल्याव र हरिकृष्णको घरबाट एभिल, लुप्रिजेसिक, डाइजेल्याव र प्रोमेथाजिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।