सुनसरीको देवानगञ्ज गाउँपालिका–१ बाट गएराति सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय श्यामदेव यादव, कन्तलाल मेहता, सदानन्द मेहता, रामकुमार साह, नन्दकिसोर मेहता, बालेश्वर यादव, र फ्रान्ससिसी उराँव रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेकाबाट रु ७४ हजार ७६० बरामद भएको छ । देवानगञ्ज गाउँपालिका–१ मा विजयादशमीको अवसरमा लागेको मेलामा जुवा खेल भइरहेको भने गोप्य सूचनाको अधारमा छापा मार्दा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।