logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै अन्तर्राष्ट्रिय उडान बिहीबारबाट बन्द हुने


अंकुरण खबर
1.43K
Shares

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सरकारले नेपालका सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते बिहीबारबाट बन्द गर्ने निर्णय गरेको छ।

अन्य देशमा हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द भएपनि भारतसँग भने साता दुई वटा उडानका हुनेछ। भारत र नेपालबीच एयर बबल स्किमअनुसार सातामा दुई वटा दुईतर्फी उडान हुने भएको हो।

भारतबाट आउने यात्रु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने छ ।

यस्तै, सरकारले आजै (सोमबार) रातिबाट सबै अन्तरिक उडान बन्द गरेको छ। आन्तरिक र बाह्य दुवै उडान वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो।