नेपालमा पछिल्लो २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो।
१६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ३६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २९२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।