logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा बालिकालाई जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ


अंकुरण खबर
1.885K
Shares

जुम्लामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढा रहेका छन् ।

बुद्धिमानले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।