logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाहिर निस्कने बाहना बनेपछि बुधवारदेखि कञ्चनपुरमा बैंक र पसल बन्द


अंकुरण खबर
1.209K
Shares

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञामा थप कडाइको तयारी गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार कञ्चनपुरमा वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।

थप गरिएको निषेधाज्ञामा प्रशासनले थप कडाइ गरेको छ । बैंकका सबै शाखाहरू बन्द गर्ने निर्णय गरेको छ । एउटा एटीएम र चेकबुक लिएर यात्रा गर्ने र प्रहरीले समात्यो भने बैंक जान लागेको भन्ने बाहाना बनाउने धेरै भएपछि बैंक पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । यस्तै तरकारी र फलफूल पनि सातामा ३ दिनमात्र बेच्न पाइने नियम बनाइएको महतोले जानकारी दिए ।

तरकारी खरिदमा पनि बाहाना बनाउने गरेको पाएपछि तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको उनले बताए ।