logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने ११ सय २२ जना प्रहरी नियन्त्रणमा


अंकुरण खबर
1.144K
Shares

कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सोमबारदेखि बर्दियामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलगायत मानिसलाई प्रहरीले नियन्त्रणमा लिइ होल्ड गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरीले १ हजार १२२ जनालाई होल्ड गरी कोभिडका बारेमा सचेतना दिइ छाडेको छ ।

कोभिड-१९ संकट व्यवस्थापन समिति बर्दियाको निर्णयबाट जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड गरी सम्झाइ बुझाइ सचेत पारेर पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रहरी कार्यालय बर्दिया मातहत खटिएका प्रहरीले २ सय ३४ थान साईकल, ४ सय १० मोटरसाइकल, १ सय ४० वटा चारपांग्रे सवारी साधनसहित १ हजार १२२ जना लाई नियन्त्रणमा लिइ होल्ड गरेको जनाएको छ।