logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


अंकुरण खबर
1.053K
Shares

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य देव गुरूङले जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको गुरूङले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।