logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

चितवनमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका मात्रै ८० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख मणिराज महतोले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिका भित्रका ६७ जना रहेका छन् । जसमध्ये ३५ जना पुरुष र ३२ जना महिला छन् । संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका छन् यस्तै रत्ननगर नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ३० देखि ६३ वर्ष उमेर समूहका छन् ।

यसैगरि खैरहनी नगरपालिका–८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै कालिका नगरपालिकामा ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४ वर्षीया बालिकादेखि ६० वर्षसम्मका छन् ।