logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप, प्रशासनले जारी गरेका सबै प्रकारका पास खारेज


अंकुरण खबर
793
Shares

काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमण ह्वातै बढेकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि भन्दै वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा थप कडाई गर्नु पर्ने बैठकले निचोड निकालेको छ ।

बैठकले यसअघि प्रशासनले जारी गरेका सबै प्रकारका पास खारेज गर्ने निर्णय गरेको छ । त्यस्तै अत्यावश्यक कामबिना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने निर्णय पनि भएको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कार्वाही गर्ने निर्णय गरेको छ । संकटको यो घडीमा सबै मिलेर अगाडी बढ्नु पर्ने भएकाले आवश्यक सचेतता अप्नाउन पनि बैठकले सबैलाई आग्रह गरेको छ ।