logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप कडा भयो निषेधाज्ञा, पसल खुल्ने समय दैनिक २ घण्टा मात्र


अंकुरण खबर
1.781K
Shares

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा बनाइएको छ ।

मंगलबार उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बंठकले कोरोना संक्रमण झन बढेको भन्दै निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको हो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

बैठकले पसल खोल्ने समय छोट्याएको छ । उपत्यकामा दैनिक बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुल्नेछन्। यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन रोक लगाइएको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।