logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन थपिए ७६६० जना कोरोना संक्रमित, ५५ जनाको मृत्यु


अंकुरण खबर
871
Shares

नेपालमा पछिल्लो २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन्। हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्।

आज एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च हो। यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको छ।