logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड संक्रमणले भारतमा एकै ३७८६ को मृत्यु, ३८२६९१ संक्रमित थपिए


अंकुरण खबर
1.027K
Shares

कोभिड–१९ को दोस्रो लहरको प्रभाव अहिले सबै भन्दा बढी भारतले सामाना गरिरहेको छ । संक्रमणको हटस्पट बनेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ सय ८६ संक्रमितले पछिल्लो २४ घण्टामा ज्यान गुमामएका छन् ।

यो संगै भारतमा कुल संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ भने २ लाख २६ हजार १६९ जनाको मृत्यु भएको छ ।
त्यस्तै १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो समयमा संक्रमितको संस्या अत्याधिक भएकाले उपचारको अभावमा धेरैको ज्यान भएको भारतीय सञ्चार माध्यमले जनाउदै आएका छन् ।