कोभिड-१९ को दोस्रो लहर बढेसंगै यसको रोकथाम तथा नियन्त्रणको लागि भन्दै नेपालमाका विभिन्न स्थानमा निषेधाज्ञा लागु गरिएको छ । पहाडी भेगमा २०० र काठमाडौं उपत्यकासहित शहरी क्षेत्र र मधेशका क्षेत्रमा ५०० बढी संक्रमित भेटिए जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा लगाउने जिम्मेवारी दिएको छ ।
अहिले संक्रमितको संख्या, संक्रमित बढ्न सक्ने आधारको पहिचान गरि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यक्ता अनुसार निषेधाज्ञा लागु गर्दै आएका छन् । निषेधाज्ञा पुर्ण वा आंशिक आवश्यक्ता अनुसार लागु गरिएको छ । यी स्थानमा अत्यावश्यकबाहेक सवारी साधन चल्न दिइएका छैनन्।
यी ठाँउमा लागु छ निषेधाज्ञा :
काठमाडौँ, ललितपुर,भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ, वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञा लगाइएको छ । त्यस्तै महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, बाँके, सुर्खेत,कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा,गुल्मी, प्यूठानमा निषेधाज्ञा जारी गरिएको छ ।




