logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र आज संसद सचिवालयमा बुझाउने


अंकुरण खबर
1.352K
Shares

सरकारलाई आफ्नो समर्थन नरहेको पत्र माओवादी केन्द्रले औपचारिक रुपमा संसद सचिवालयलाई बुझाउने भएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र आज संसद सचिवालयमा बुझाउन लागेको केन्द्रकी  नेतृ पम्फा भुसालले अंकुरण खबरलाई जानकारी दिइन् ।

ओली नेतृत्वको सरकारबाट देशमा संघीयता, लोकतन्त्र र स्वाधिनताको जगेर्ना हुन नसक्ने भएकाले यो सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएकाले पार्टीको निर्णय अनुसारनै आज विहान ११ बजे तिर पत्र बुझाउन लागेको नेतृ भुसालले बताइन् ।

केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।