logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा १३३ जना नँया संक्रमित थपिए, एक संक्रमितको मृत्यु


अंकुरण खबर
832
Shares

पर्सा जिल्लामा १३३ जना नँया संक्रमित थपिएका छन् ।

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एण्टिजेण्ट परीक्षणबाट पर्साका १३३ सहित १९० जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

पर्साबाट संकलन गरिएको २८८ वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेण्ट परीक्षणमा पर्साका १३३, बाराका ४१, सर्लाहीका ७, रौतहटका ५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिए ।

त्यस्तै महोत्तरी, धनुषा, सप्तरी र बाँकेका नेपालगञ्जका एक एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताए । उनका अनुसार १७५ जनाको पीसीआर परीक्षणबाट र १५ जनाको एन्टिजेण्ट विधिबाट परीक्षण गर्दा १९० जनामा कारोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ५ बर्षदेखि ७० बर्ष उमेर समूहका १३३ पुरुष र ५७ महिला रहेका छन् ।

त्यस्तै वीरगञ्ज महानगरपालिका -१० का ४० बर्षको पुरुषको नारायणी अस्पतालमा राति ९:३० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आउन थाले पछि वैशाख १६ गते नारायणी अस्पताल मा भर्ना गरिएको थियो ।