नेपालमा आज एकैदिन ८ हजार बढी संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्मको उच्च हो।
यस्तै काठमाडौँ उपत्यकामा आज ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन्।
यस्तै एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ ।