सरकारले एक हप्ता भित्र चीनले अनुदान दिने अक्सिजन सिलिण्डरको पहिलो लट ल्याउने भएको छ ।
कोभोडि–१९ को संक्रमण र मृत्युदर नेपालमा पनि बढिरहेकाले चीनले नेपाललाई अनुदान स्वरुप २० हजार अक्सिजन सिलिण्डर दिने जनाएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा संख्या नतोकिए पनि वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने उल्लेख गरेको छ ।
अक्सिजन सिलिण्डर नेपाल भित्राउन अर्थ,परराष्ट्र , संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई समन्वय गरि आवश्यक पक्रिया पु¥याउन जिम्मेवारी दिइएको छ ।
कोभोडि–१९को महामारी नियन्त्रण बाहिर जान लागेकाले सरकारले विभिन्न उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरु कोभिड उपचार केन्द्रमा ल्याउने गरि कार्ययोजना बनाएको छ ।