प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार बचाउका लागि विश्वासको मत प्राप्त गर्ने गरी दलहरुसँग छलफल गर्ने भएका छन् ।
आकस्मिक रुपमा आज (बिहीवार) बसेको स्थायी कमिटीको बैठकले वर्तमान सरकारको निरन्तरताका लागि विश्वासको मत प्राप्त हुने गरी सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत प्रयोजनका लागि यही बैशाख २७ गते विशेष अधिवेशन बोलाएका छन् ।
एमाले नेता प्रदिपकुमार ज्ञवालीका अनुसार विश्वासको मत प्राप्तिका लागि सबै दलहरुसँग छलफल र वार्ता गर्ने निर्णय बैठकले गरेको छ ।