logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना


अंकुरण खबर
1.495K
Shares

कैलालीमा अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

नेपालजञ्जबाट सिलिण्डर बोकेर महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक घोडाघोडी नगरपालिका–५ डोकेबबजार क्षेत्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए।

महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर जाँदै गरेको ट्रकको अगाडिको टायर पड्किँदा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी चौधरीले जानकारी दिए।

दुर्घटनाका घाइतेको अवस्था सामान्य रहेको छ । ट्रकमा ४० वटा अक्सिजन सिलिण्डर रहेको बताइएको छ।