६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
उदयपुरको बेलका नगरपालिका-३ विराज टोलका १८ वर्षीय किशोरलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
उनले वैशाख १६ गते बालिकालाई ललाइफकाइ गरी जबरजस्ती करणी गरेको भन्ने खबर थाहा पाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिररहेको छ ।