logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटासहित सचिवालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ


अंकुरण खबर
962
Shares

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापाकोटासहित सचिवालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बुधवार गरिएको परीक्षणका सभामुख सापकोटासहित सचिवालयका सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आगामी वैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका सिलसिलामा बुधवार र बिहीवारका लागि सांसद, संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरु समेतको कोरोना परीक्षण गर्न थालिएको हो ।

त्यस्तै परीक्षणमा प्रतिनिधिसभाका चार सदस्य र र ३ कर्मचारीको भने पोजेटिभ रिपोर्ट आएको छ।