logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

गण्डकी प्रदेश सभाको रोकिएको बैठक वैशाख २७ गते बस्ने


अंकुरण खबर
1.196K
Shares

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न गण्डकी प्रदेश सभाको बैठक वैशाख २७ गते बस्ने भएको छ ।

जनमोर्चाले आफ्ना सांसद सम्पर्कविहीन रहेको भन्दै बैठक रोक्न निवेदन दिएपछि वैशाख १४ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

जनमोर्चाको आग्रहमा सभामुखले बैठक स्थगित गरेपछि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यक्रम प्रभावित भएको थियो ।

बैठक स्थगित भएलगत्तै जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालमा फेला परेका थिए ।

बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख २७ गते ११ बजेका लागि बैठक राख्ने सहमति गरेको हो ।

अविश्वास प्रस्तावमा छलफल गर्न कांग्रेस, माओवादी र जसपाले समावेदन गरेपछि वैशाख १३ गते अधिवेशन शुरु भएको थियो ।